२०८२ असार ११, बुधबार ११:०९

रौतहटमा ट्वाइलेटको सेप्टिक ट्यांकीमा खसेर दुई-दुई वर्षका दुई बालबालिकाको मृत्यु भएको छ।

चन्द्रपुर नगरपालिका- १० निबुवाटोल निवासी गरिमा साहका छोरा दुई वर्षीय रञ्जे साह र जगदीश साहकी छोरी दुई वर्षीया खुश्बु साहको सेप्टिक ट्यांकीमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिए।

मंगलबार साँझ उनीहरू खेल्ने क्रममा छिमेकी हृदय पासवानको शौचालयको सेप्टिक ट्यांकीमा खसेका हुन्।

‘ट्वाईलेटको सेप्टिक ट्याङकीमाथि प्लाइले मात्रै ढाकेको रहेछ,’ डीएसपी रायले भने, ‘खेल्ने क्रममा दुबै बालबालिका सेप्टिक ट्याङकीमा खसेर डुबेछन्। उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो।’

सेप्टिक ट्यांकीबाट निकालेर उनीहरूलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल लगिएको थियो। उपचारको क्रममा गएराति नै उनीहरुको मृत्यु भएको रायले बताए। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको उनको भनाई छ।

Comment


Related News

Latest News

Trending News