२०८२ असार ११, बुधबार ११:२३

नेपाली बजारमा आज सुन प्रतितोला एक हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनचाँदीको नै मूल्य घटेर कारोबार भएको छ ।

आज सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।



आज चाँदीको मूल्य २० रुपैयाँ घटेर दुई हजार १४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News