२०८२ असार १२, बिहीबार १८:२४

मधेशवादी दलहरूको संयुक्त मोर्चा संघीय लोकतान्त्रिक मोर्चाको बैठक आइतबार फेरि बस्ने भएको छ ।

लाजिम्पाटको बाबा होटलमा बसेको मोर्चाको बैठक बिना कुनै निर्णय आइतबार फेरि बस्ने गरी स्थगित भएको हो ।  बैठकमा रुपन्देही क्षेत्र नम्बर ३ को उपचुनाव, मोर्चाको भावी कार्यक्रमबारे छलफल भएको बताइएको छ ।  बैठकमा कार्यविधिको पूर्णतासँगै राजबन्दी रिहाइ विषयमा पनि छलफल भएको थियो ।



मोर्चाको घटक राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले आगामी आइतबार निर्णय गर्ने गरी बिहीबारको बैठक सकिएको बताए । उनका अनुसार आइतबार १ बजे बैठक फेरि बस्ने छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा सुरु भएको बैठकमा मोर्चामा आबद्ध दलहरूका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News