
यामाहा नेपालले जनकपुरधाममा ‘Blue-Fest Exchange Camp’ सुरु गरेको छ। नेपालको सबैभन्दा ठूलो दुईपाङ्ग्रे सवारी एक्सचेञ्ज इभेन्टमध्ये एक मानिएको यो क्याम्प असार १७ गतेसम्म जनकपुरस्थित रंगभुमि मैदान बाह्र विघामा चल्ने एमएडब्लुको रिजनल सेल्स म्यानेजर रविन श्रेष्ठले जानकारी दिए ।
जारी रहेको इभेन्टमा यामाहाका विभिन्न मोडलका बाइक तथा स्कूटरहरू विशेष अफरसहित उपलब्ध छन्। बाइक वा स्कूटर एक्सचेञ्ज मात्र होइन, फाइनान्स सुविधासमेत उपलब्ध रहेको श्रेष्ठले जानकारी दिए । वाह्रविघा मैदानमा जारी ईभेन्टमा अहिले दैनिक २५ देखि ३० वटा यामाहाको मोटरसाईकल विक्री भइरहेको उनले जानकारी दिए ।

यामाहा ‘Blue-Fest Exchange Camp’ मा पाइने प्रमुख अफरहरू:
जुनसुकै कम्पनीको जुनसुकै पुरानो यामाहा बाइक/स्कूटर साट्न सकिने व्यवस्था
यामाहा कम्पनीको पुराना बाइकमा न्यूनतम ५०,००० रुपैयाँसम्मको मूल्यांकन
जुनसुकै कम्पनीको जुनसुकै पुराना बाइक/स्कूटरमा न्यूनतम २५,००० रुपैयाँसम्मको मूल्यांकन
अतिरिक्त १०,००० रुपैयाँसम्मको एक्सचेञ्ज बोनस
कुनै ग्यारेन्टर नचाहिने ७.९९% ब्याजदरमा फाइनान्स सुविधा
२ वर्षसम्मको फ्री सर्भिसिङ
निशुल्क हेलमेटलगायतका आकर्षक एक्सेसरीज
रिजनल सेल्स म्यानेजर श्रेष्ठका अनुसार यामाहाका लोकप्रिय मोडेलहरू जस्तै RayZR 125 Hybrid, R15 V4, MT-15 V2, FZ V3, Aerox 155 र WR155R समेत क्याम्पमा अवलोकन र खरिदका लागि उपलब्ध छन्। जापानी इञ्जिनियरिङमा निर्मित यामाहाका सवारी साधनहरू सुरक्षात्मक, स्टाइलिस र रोमाञ्चक राइडका लागि चिनिन्छन्।
साथीभाइ र परिवारका साथ सहभागी भई बाइक साट्ने, नयाँ मोडेल हेर्ने तथा उत्कृष्ट अफरको लाभ उठाउने यो उपयुक्त अवसर भएको श्रेष्ठले बताए ।