२०८२ असार १४, शनिबार ०७:३२

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । शुक्रबार साँझ बोर्ड बैठकपछि परीक्षाफल सार्वजनिक भएको छ ।

गत वर्षको चैत ७ गतेदेखि शुरु भएको एसईईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए । यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सो संख्या गत वर्षको तुलनामा झण्डै १४ प्रतिशतले बढी छ ।



यहाँ ग्रेडमा समावेश विद्यार्थीहरूको प्रदेशगत विवरण पेश गरिएको छ । मधेश प्रदेशमा ५९ हजार ७४९ जना परीक्षार्थी उत्तीर्ण भएका छन् भने कोशी प्रदेशमा ४७ हजार ८३५ जना, बागमती प्रदेशमा १ लाख १९ हजार ५१७ जना, गण्डकी प्रदेशमा ४७ हजार ८४९ जना, लुम्बिनी प्रदेशमा ५७ हजार ६८७, सुदुरपश्चिम प्रदेशमा ५९ हजार ८०४ र कर्णाली प्रदेशमा ४६ हजार ४५५ जना ग्रेडमा समावेशी भएका छन् ।

३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५, २.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४, २.४ देखि २.८ जीपीए लयाउने ४८ हजार ४७९, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६, १.६ देखि २ जीपीए ल्याउने ८ जना छन् भने १२६ जनाको परीक्षा रद्द भएको जनाइएको छ ।

त्यस्तै अवर्गीकृत परीक्षार्थीको संख्या–१ लाख ६७ हजार ५९७ जना रहेका छन् । ग्रेडमा २ लाख ७१ हजार २९९ जना परेका छन् । यस वर्ष सबैभन्दा धेरै गणित विषयमा विद्यार्थी ननग्रेडमा परेका छन् । १ लाख २८ हजार २१५ जना विद्यार्थी ननग्रेडमा परेका छन् । त्यस्तै अंग्रेजीमा ८० हजार ६७२ र नेपालीमा ५४ हजार ७३५ जना पनि ननग्रेडमा छन् ।

जम्मा ननग्रेडमा पर्ने विद्यार्थीको संख्या १ लाख ६७ हजार ५९७ जना छन् । एसईईको नतिजा गत वर्षभन्दा यस वर्ष सुधार भएर आएको देखिन्छ । गत वर्ष २०८० सालको एसईईको नतिजामा ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए भने २०८१ सालको एसईईको नतिजामा १३.९५ प्रतिशतले सुधार भएको छ ।

यससंगै एसईईको पूरक परीक्षा मितिसमेत सार्वजनिक गरिएको छ । जसअनुसार पूरक परीक्षा साउन २९ देखि हुनेछ भने कार्यतालिका पछि प्रकाशित गरिने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

Comment


Related News