२०८२ असार १४, शनिबार १३:०५

प्रधानमन्त्री केपी ओलीले एसइईको नतिजा सुधार भएर आएकोप्रति खुसी व्यक्त गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै नतिजामा सुधार ल्याउन मेहनत गर्नेहरू सबैलाई धन्यवाद दिए।

तर, केही विज्ञ भनाउँदाहरूले क थपेर धेरै पास गराइयो भनेर हचुवाको भरमा बिना आधार बोलेको भन्दै असन्तुष्टि जनाए।

उनले भने, ‘केही मानिसहरूले अंक थपेर पास गराइयो भन्दैछन्, बिना आधार। मेहनत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान हुने गरी, नयाँ पुस्ताको उत्साहलाई होच्याउने गरी बोल्दैछन्। हामी मेहनत गर्न सक्दैनौँ, नम्बरमा खेलबाड गर्नुपर्छ ?’

उनले शिक्षक र विद्यार्थीको मेहनतलाई अपमान गर्न आग्रह गरे।

Comment

Related News

Latest News

Trending News