२०८२ असार १४, शनिबार १३:३४

जनता समाजवादी पार्टी (जसपा) नेपालले सामाजिक सञ्जालमा सक्रिय रहेका सदस्यहरूको  लागि दुई दिवसीय (आवासीय) प्रशिक्षण गर्ने भएको छ ।

सामाजिक सञ्जालहरूको प्रयोग र परिचालनलाई प्रभावकारी ढङ्गले व्यवस्थित गर्न तथा सूचना सञ्चार एवं प्रचार प्रसारको संयन्त्रलाई अझ बलियो बनाउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई असार १६ र १७ गते जनकपुरधाममा प्रशिक्षण दिन लागिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।



सामाजिक सञ्जाललाई लक्षित गरी पार्टीको केन्द्रीय आइटी सेल निर्माण गरी सञ्चालन गर्न प्रत्येक जिल्लाहरूबाट आइटी सेलमा आबद्ध भएर सामाजिक सञ्जालमा सक्रिय रहेका सदस्यहरूलाई पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूले प्रशिक्षण दिने  बस्नेतले बताए ।

Comment


Related News

Latest News

Trending News