२०८२ असार १५, आईतवार ०५:४६

मधेश प्रदेश सरकारको आयोजनामा भएको मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता २०८२ को उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।

जनकपुरधाममा शनिबार मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीच भएको फाइनलमा मधेश प्रदेशलाई ३६ अंकका विरुद्धमा ३७ अंकसहित सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।



प्रतियोगितामा समान अंक ल्याएका लुम्बिनी तथा बागमती प्रदेश तृतीय स्थान प्राप्त गरेको छ । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा भएको प्रतियोगितामा विजयी भएका सुदूरपश्चिमले २५ हजार रुपैयाँ नगद, कप तथा स्वर्ण पदक प्राप्त गरेको छ ।

द्वितीय भएका मधेश प्रदेशले नगद २० हजार रुपैयाँ सहित कप तथा रजत पदक प्राप्त गरेका छन् । तृतीय स्थान प्राप्त गरेको बागमती तथा लुम्बिनी प्रदेशले नगद १५ हजार रुपैयाँ, कप तथा कास्य पदक प्राप्त गरे ।

सात वटै प्रदेशका खेलाडीहरू सहभागी प्रतियोगिता असार १२ गते शुरु भएको थियो ।

Comment


Related News

Latest News

Trending News