२०८२ असार १५, आईतवार ०५:५५

आफै सवार मोटरसाइकल अनियन्त्रित भएर लड्दा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा एक जना युवकको मृत्यु भएको छ ।

दुर्घटनामा क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ स्थित दिगम्बरपुरका अन्दाजी ३० वर्षीय रामरतन महतोको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । शनिबार दिउँसो जनकपुरधामदेखि महेन्द्रनगरतर्फ आउँदै गर्दा जनकपुरधाम– ढल्केवर सडक खण्डको महेन्द्रनगर नजिक तीव्रगतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर लड्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका महतोको उपचारको क्रममा मृत्यु भएको छ ।



मधेश प्रदेश ०२००५प८७९५ नम्बरको रातो रंगको अपाची मोटरसाइकलमा सवार रहेका महतोको उपचारको क्रममा जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको इप्रका महेन्द्रनगरले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News