२०८२ असार १५, आईतवार ०५:५८

बैंकिङ कसूर मुद्दामा फरार रहेका रौतहटका राधा मोहन प्रसाद जैसवाललाई प्रहरीले काठमाण्डुको सिनामंगल क्षेत्रबाट पक्राउ गरेको छ ।

गौशाला प्रहरी वृत्तका अनुसार जैसवाललाई बाटो हिँडिरहेका अवस्थामा बिहिवार फेला पारि पक्राउ गरिएको प्रहरीले शनिबार सार्वजनिक गरेको छ । प्रहरीको विशेष निगरानी र अनुसन्धानपछि जायसवाल लाई नियन्त्रणमा लिइएको डीएसपी सुकदेव खनालले जानकारी दिएका छन् ।



मधेश प्रदेश रौतहट जिल्लाको माधव नारायण नगरपालिका–१ का जैसवालविरुद्ध बैंकिङ कसूर मुद्दामा पक्राउ अनुमति काठमाण्डु जिल्ला अदालतबाट जारी भएको थियो । फरार रहेकाले उनले विदेश भाग्न सक्ने सम्भावना रहेको भन्दै गौशाला प्रहरी वृत्त अन्तर्गतको अपराध अनुसन्धान तथा कारबाही शाखाले राहदानी विवरण माग गर्दै राहदानी विभागमा पत्राचारसमेत गरेको थियो । हाल जैसवाललाई आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी अदालतमा पेश गर्ने तयारी भइरहेको डीएसपी खनालले बताएका छन् ।

जैसवाल वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाउने नाममा कैयौं मानिससंग लाखौँ रुपैयाँ ठगी गरेर लामो समय देखि लुकिछिपी बस्दै आएका थिए ।

Comment


Related News

Latest News

Trending News