
संघीय निजामती सेवा विधेयक, २०८२ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
आइतबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो ।

त्यसअघि बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री गुप्ताले संघीय निजामती सेवाका कर्मचारीको वृत्ति विकास गरेर बढुवा रोकिएको अवस्थामा सरकारका लागि विधेयक महत्वपूर्ण हुने बताउनुभयो ।
कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई बस्तुगत बताउने मापनसम्बन्धी प्रणालीको व्यवस्था गरेको उहाले बताउनुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक असार २३ गते बोलाइएको छ ।