२०८२ असार १६, सोमबार १७:५७

काठमाडौँको गौशलाबाट हतियारसहित २ जना पक्राउ परेका छन्।

प्रहरी वृत्त गौशालाको टोलीले गौशालास्थित तीलगंगाबाट कटुवा पेस्तोल र त्यसको म्यागजिनसहित २ जनालाई पक्राउ गरेको हो।



पक्राउ पर्नेमा महोत्तरीका सुरेशकुमार राम र दिनेशकुमार राम रहेका छन्।

सोमबार दिउँसो २ बजेतिर उनीहरुले हतियार लुकाएर राखेको सूचनाका आधारमा तिलगंगामा प्रहरी पुगेको थियो।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले यहाँस्थित एउटा घरमा डेरा गरी बस्ने २९ वर्षका  सुरेश र २६ वर्षका दिनेशलाई पक्राउ गरेको हो।

कोठामा किटक्याट लेखिएको बट्टाभित्र लुकाई छिपाई राखेको अवस्थामा कटुवा पिस्तोल एउटा र म्यागजिन २ थान बरामद गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।

Comment


Related News

Latest News

Trending News