२०८२ असार १६, सोमबार २०:४२

भिजन प्वाइन्ट एजुकेसन सर्भिसले नेपाली विद्यार्थीका लागि विदेशमा अध्ययन गर्नका लागि शिक्षा परामर्श सेवा पुनः सञ्चालनमा ल्याएको छ ।

जनकपुरधाममा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै अन्तर्राष्ट्रिय मामिला कार्यालयका कार्यकारी व्यवस्थापक नीरज साहले भारतलगायतका विदेशमा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरुलाई आवश्यक सहयोग गर्न आफूहरु तत्पर रहेको जानकारी दिए ।

कार्यकारी व्यवस्थापक साहले सहजताका लागि विषयवस्तुसहितको कोर्षबारे शिक्षा तथा विश्वविद्यालयबारे एवं छात्रवृत्तिको विषयबारे जानकारी दिनका लागि परामर्श सेवा सञ्चालन गरिएको बताए ।

उनले एसईई उत्तीर्ण गरेका विद्यार्थीले अध्ययन गर्ने बारे भारत, युके, अस्ट्रेलिया, क्यानाडालगायतका ठाउँमा अध्ययनका लागि विद्यार्थीलाई परामर्श दिँदै आएको उनले बताए ।

भिजन प्वाइन्ट एजुकेसन सर्भिस प्रालिका प्रतिनिधि सुनिल साहले नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने विषयमा जानकारीसहितको परामर्शको व्यवस्था गरिएको बताए ।

उनले भारतको गुजरात प्रदेशस्थित पारुल युनिभर्सिटीमा नेपाली विद्यार्थीसहित २७ हजार छात्रछात्रा अध्ययनरत रहेको जानकारी गराउँदै नेपाली विद्यार्थीहरुलाई ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको बताए ।

उनले डिप्लोमा पारामैडिकल, एचए, शिक्षासंगै खान, लगाउन, मनोरञ्जन र गुणस्तरीय शैक्षिकको पनि व्यवस्था रहेको बताए ।

सो भिजन प्वाइन्ट एजुकेसन सर्भिसले विगत ११ वर्षदेखि शैक्षिक परामर्श दिँदै आएको उनले बत

Comment


Related News

Latest News

Trending News