२०८२ असार १७, मंगलवार ०७:०८

अलग अलग घटनाका दुई जना आरोपीलाई पक्राउ गरी धनुषा प्रहरीले सार्वजनिक गरेको छ ।

जनकपुरधाममा सोमबार पत्रकार सम्मेलन गरी धनुषा प्रहरीका प्रहरी उपरीक्षक नरहरी रेग्मीले लागूऔषध खैरो हिरोइनसहित कृष्ण ठाकुर र एक महिलालाई ब्लैकमेलिंग गरेको आरोपमा हनिफ नदाफलाई पक्राउ गरिएको जानकारी दिए । धनुषा प्रहरीले भारतबाट लागूऔषधसहित नेपाल प्रवेश गरेका एक युवकलाई पक्राउ गरेको छ ।



जनकनन्दनी गाउँपालिका–१ स्थित ईनर्वा कमला बाँधको सडकमा नियमित चेकजाँचको क्रममा प्रहरी टोलीले भारतको जयनगरबाट मलहनियातर्फ आउँदै गरेको मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा सवार तीनमध्ये एक युवक फरार हुन खोजेका थिए । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–४ का २० वर्षीय कृष्ण ठाकुरलाई पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट प्लास्टिकमा पोको पारिएको अवस्थामा लागूऔषध (खैरो हेरोइन) जस्तो देखिने ४९.५९ ग्राम पदार्थ फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

त्यस्तै ठगी, अपराधिक विश्वासघात, आर्थिक लाभ तथा विद्युतिय अपराध सम्बन्धी कसुरमा धनुषाको औरही गाउँपालिका वडा नं. ५ का ३६ वर्षीय हनिफ नदाफलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पहिचान गोप्य राखिएको एक जना महिलालाई दुई वर्षदेखि सामाजिक सञ्जालको माध्यमबाट चिनजान भइ इमोमार्फत फोटो तथा भिडियो आदान प्रदान गरी फेक भिडियो फोटो बनाएर ती महिलालाई ब्लैकमेलिंग गरी पाँच लाख रुपैयाँ लिएको र साथै शारीरिक र मानसिक यातनासमेत दिने गरेको उनले बताए ।

पक्राउ परेको नदाफलाई धनुषा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

Comment


Related News

Latest News

Trending News