पूर्वउपप्रधानमन्त्री एवम् कांग्रेसका नेता विमलेन्द्र निधिले सुनचाँदी व्यवसायीहरुले राख्दै आएको माग जायज रहेको बताएका छन् ।
जनकपुरधाममा मंगलबार विमानस्थलमा सञ्चारकर्मीहरु समक्ष आफ्नो धारणा राख्दै नेता निधिले आन्दोलित सुनचाँदी व्यवसायीहरुको माग जायज रहेको बताए । उनले सुनचाँदी विलासिताको साम्रगी नभएको धारणा राखे ।
नेता निधिले अर्थतन्त्रसंग सिधा जोडिएको वस्तुलाई विलासिता वस्तु भन्नु नमिल्ने बताए । उनले रुपैयाँ लिन बैंकमा डिपोजिट गर्न मिल्ने सुनलाई विलासिता वस्त भन्न नसकिने बताए । सम्पत्ति र विलासिताको वस्तु दुबै अलग अलग कुरा रहेको बताउँदै नेता निधिले सुनचाँदीमा विलासिता कर र मुल्य अभिवृद्धि कर दुबै नलाग्नु पर्ने बताए ।
सरकारले कार्यदल गठन गरेर सुनचाँदी व्यवसायीहरुके समस्या समाधान गर्नुपर्ने नेता निधिले बताए । बजेटमा समावेश भए पनि अहिलेको लागि विलासिता कर लागु नगर्न उनले सरकारलाई आग्रह गरे ।



