
– सबैतिर विद्युत कटौती हुन्छ , विद्युतका आवासीय कर्मचारी र परिवार एसीमा बसेका हुन्छन् ।
– सबैतिर भोल्टेज कमको समस्या हुन्छ , कर्मचारीजनका लागि यो शब्द मात्र हुन्छ ।
– अधिकृत स्तरका प्रायः कर्मचारीको काठमाण्डु , गाउँ , कार्यस्थलमा जग्गा , भवन हुनुका साथै सन्तानहरु चिकित्सक , इन्जिनियरिंग संकायमा अध्ययनरत ,कार्यरतको अवस्था छ । वस्तुतः असजिलो र अप्ठ्यारोको मात्र कहाँ हो र सत्य , असत्य , ंसाँचो झुट यी सबै कुराको सीमारेखा भनेको नै बुझाइ ,अनुभूति , धारणा हो । बुझाइ र धारणा निरपेक्ष बस्तु होइनन् । सापेक्ष हुन् । सापेक्ष भएकै कारण हिजो आहा भनिएका आज फटाहा हुन पुगेका छन् ।
छिन छिनमा विद्युत जाने समस्या र भोल्टेज कमले यी तथ्यको पृष्ठभूमि रहेका छन् । केही महिना पूर्व विद्युतको यो समस्या न्यून थियो भने करिब दुइ महिनादेखि यसले गम्भीर सवालसँगै उपभोक्ताको जीवनमा अधीरताको बाँध निर्माण गरिदिएको छ । यी समस्याले यो धरा कठै बरा झै. भएको छ । विचार र आदर्शका खेतमा भावनाको कुलो फर्काएर त्यहि भावनाको कुलोमा बगिरहने आमजनको शून्य उपलब्धिमा मात्र बाँच्नु परेको दुर्दान्त अवस्था छ । प्रचण्ड गर्मी छ , तापक्रम दिनहुँ बढ्ने क्रम जारी छ । शीतलताका लागि जन –जनमा चिन्ता , पीडा र छटपटी छ । गर्मीले पसिना बगाएर बस्ने नियति छ । चापाकल र इनार सुक्दै गएको छ । पानीको अभाव यत्रतत्र छ । पानी खान नपाइ बिरामी हुने दुर्भाग्यका रेखा लामो हुँदै गएको छ ।
काकाकुलको छटपटीलाई अनुभूति गर्ने निकायहरुको बेबास्ताको अध्याय थपिदै जानु बाध्यात्मक थेगो बन्न पुगेको छ । जीवनशैली पीडादायी छ जीउन पनि मुस्किल छ । खासगरी रातिमा छिन छिनमा विद्युत जाने दिनचर्या नै बनेको छ । सोमबार रातिको कुरा गर्दा सैकण्डमै विद्युत जाने समस्या करिब १२ बजेसम्म जारी रह्यो ।
गर्मीले छटपटिएर छतमा बसेकाहरु विद्युत आगमनको प्रतीक्षा गर्दे थिए । विेद्युत आए पनि भोल्टेज कमले पंखाले गति लिन सकेको थिएन । करिब १ः ३० बजेतिर भोल्टेजमा सुधार भए पछि छतमा बसेकाहरुको संख्या पनि घट्दै हुँदै गएको थियो । यो समस्या नयाँ होइन , विगतमा केही कमी थियो भने हाल पूर्व समयकै बोधका पाना पल्टिन थालेको छ ।
फयूज शाखा जाँदा गैर जिम्मेवारपूर्ण जवाफ , हाकिम साहेबको मोवाइलमा फोन गर्दा हाकिम साहेबको मोबाइलले आमजनलाई सरोकारभन्दा बाहिरको सूचीमा राखेका कारण सवाद गर्नु निरर्थक ठान्छन् । हाकिम साहेबको स्थानयि तहका ठूलाबडादेखि केन्द्रका हाकिमसँग अर्थको जादुगरी शक्ति निहित भएका कारण विलासपूर्ण जीवनयापनदेखि बढुवा , मानपदवी पनि उनकै शरणमा वसीभूत भएको हुन्छ । यस्तोमा आमजनको सास्तीप्रति गम्भीर हुनु प्रयः चरित्र नै हुँदैन ।
हाकिम साहेबसँग प्रत्यक्ष दर्शन भयो भने उनको कक्षमा बसेकाहरुसँग अर्थदेखि नाता , कारोबार , उद्यम लगायतका हिसाबकिताबको व्यस्तताले हाकिम साहेबलाई आमजनको समस्या सुन्ने र गम्भीर हुने समय नै हुँदैन । करिब तीन दशक अघिको लहानको यस्तै घटना स्मरण भएको छ । त्यस बेलाका हाकिम साहेबले लहानमा विद्युतको समस्या समाधानको नाममा ग्राहकको घरमा भएका मीटर परीक्षण गर्न कहाँ लानु भयो आजसम्म अनुत्तरित छ ।
संयोगवस् एक पटक नवलपर ासीमा उनीसँग भेट हुँदा गौरवका साथ आर्थिक चलखेल नमुना स्वीकार गर्दे भने – मेरो बढुवाको भविष्यसँग गाँसिएको समस्या थियो, ठूला हाकिमलाई दामका रुपमा ग्राहकबाट परीक्षणका लागि ल्याइएको मीटर बिक्री गरी अर्पण गरिएको थैलीले बढुवाको मार्ग प्रशस्त गर्दे पदस्थापन भयो । कतिपय जनकपुरका हाकिम साहेबहरुमा पनि यस्तै प्रकृतिका योग्यता देखिएको बुझाइ छ ।
जनकपुरमा घर बनाए , विराटनगरमा घर बनाए , काठमाण्डुमा घर बनाए । सरकारी तलबबाट ब स्वप्न महललाई सार्थकता दिएका छन् यक्ष प्रश्न छ । कुनै बेला लोडसेंडिंगको लहर थियो , जनकपुरबासी गर्मीले छटपटी रहन्थे जनकपुरबासीको घरमा विद्युत हुँदैन थियो तर उद्योगमा विद्युत हुन्थ्यो । आक्रोशले छलफलको स्वरुपमा आयो , उद्योग बाणिज्य संघमा छलफल हुँदा हाकिम साहेब सत्यवादी हश्चिन्द्रझै प्रस्तुत भए भने उद्योगीले सहर्ष भने – पैसा दिइ सेवा लिनु हाम्रो अधिकार हो ।
पैसा कसलाई सरकारलाई वा हाकिम साहेबलाई, त्यो प्रश्नको जवाफ गर्भमै राखे । अन्ततः आक्रोशीहरु छलफलबाट नैराश्य भइ फर्किनु परेका थियो । तर हाकिम साहेबको स्वच्छ छवि जग्गा खरिददेखि भवन निर्माणसम्ममा उजागर भएको थियो । गंगाजलमा डुबेर निस्कदैमा धर्म हुँदैन चरित्र प्रदर्शन गरेका थिए ।
अख्तियारको दृष्टि त्यहाँसम्म नपुगेको कारण यस्ता प्रवृत्ति भएका हाकिम साहेबहरुले कुबेर बन्ने धोकोलाई निष्कलंक पूर्वक साकार गरिरहेका छन् । सरोकारवाला मरुन , क्रन्दन गरुन , आक्रोशित होउन कुनै लेखाजोखा छैन । यी हाकिम साहेबहरुको विचार सुन्दा ग्लानि पनि हुन्छ , अध्ययन , योग्यताप्रति उदेक लाग्छ । महान सुख वा खुशी मनबाट प्राप्त हुन्छ , त्यो पुरस्कार हो , जुन असल कार्यबाट प्राप्त हुन्छ । त्यो मानिस मानिस होइन जो अन्यलाई मानवताले हेर्दैन ।
स्वार्थ , लोभ तथा ईष्र्याले नै मानिसलाई दुखी बनाएको छ । सास्ती भोगिरहेका छौ , हाकिम साहेबहरु मस्ती गरिहेका छन् । रातदिन कष्टमय छ , हाकिम साहेबहरु भ्रष्टमय छन् । भ्रष्टी , मस्ती सुशासन , प्रशासनका लागि कलंक हो , धमिरा हो , यसलाई कसले निरुपण गर्ने ? मूल ह्रासोन्मुख मानवीय संवदेनाको प्रश्न छ । हाकिम साहेबहरुको काखमा अपराध फुलिरहेका छन्, अपराधी नाचिरहेका छन् । कहाली लाग्दो यथार्थ पनि हो । परिस्थितिको पीडादायी चित्र पनि हो ।जून हेरेर विद्युतको समस्या समाधान हुन सक्दैन । विश्वासको धरातलमा अविश्वासको दिनचर्या कसरी बिताउने