२०८२ असार १८, बुधबार १३:४०

कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा कुलिङ पिरियडबारे छेडखानी गर्नेलाई कारबाही हुने बताएका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै उनले निजामती विधेयकमा तलमाथि भएको कुरामा छानबिन हुने बताए ।

उनले भने, ‘विधेयकमा नै तलमाथि भएको छ । त्यसबारेमा छानबिनपछि जोसुकै दोषी भए पनि कारबाही गछौँ । गलत काम गर्ने जो भए पनि कारबाहीको दायरामा आउँछन् ।’

कार्यबाहक प्रधानमन्त्री सिंहले सरकार संविधानलाई सुरक्षित राख्दै संस्थागत गरेर यसकै आधारमा जनताको चाहनाअनुसार अघि बढ्ने बताए ।

उनले अहिले आफूहरूले राजनीतिक स्थायित्व चाहेको पनि बताए ।

Comment


Related News

Latest News

Trending News