२०८२ असार १८, बुधबार २०:३७

भन्सार विधेयक २०८० राष्ट्रियसभाबाट पारित भएको छ । आजको बैठकमा उपप्रधान एवम्अ र्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुभएकाे थियाे । त्याे प्रस्ताव सर्वसहमतिले पारित भएको हो ।

प्रस्ताव पेश गर्दै अर्थमन्त्री पौडेलले नयाँ कानून कार्यान्वयनपछि भन्सार चुहावट नियन्त्रण, प्रविधिको प्रयोग बढाउने, भन्सार जाँचपास छिटोछरितो र प्रभावकारी ढङ्गले काम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।



भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।

राष्ट्रियसभाको अर्को बैठक पर्सि बिहीवार दिउँसाे १ बजेर १५ मिनेटमा बस्नेछ ।

Comment


Related News