
धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को एकमात्र नमुना विद्यालयमा नेकपा एमालेको क्षेत्रिय बैठक सम्पन्न भएको छ । नेकपा एमाले क्षेत्र नम्बर २ को बुधवार भएको क्षेत्रीय बैठकमा प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहेकी पूर्वमन्त्री जुली महासेठले कार्यकर्ताहरुलाई संगठन निर्माणमा लाग्न आग्रह गरिन् ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्री रहिसकेकी महासेठले विद्यालयमा राजीतिक दलको कार्यक्रम गर्न निषेध रहेको समेत ध्यान दिइनन् । नेता महासेठ दम्पत्ती विरुद्ध लागेका उमाशंकर अरगरियालाई चुनावको तयारी गरिरहेको निर्वाचन क्षेत्रमा नै काउण्टर दिन जिल्ला कमिटीसहित नेतृ महासेठ पुगेकी थिइन् । तर विद्यालयमा सबै प्रकारको राजनीतिक कार्यक्रममा रोक लागेको राष्ट्रिय मान्यता विपरीत कार्यक्रम गरिन् । विदेह नगरपालिकाको वडा नम्बर ७ जोगियारामा रहेको नमुना विद्यालयमा दिउँसो एमालेको व्यापक चहलपहल थियो ।

महासेठको प्रमुख आतिथ्यमा भएको क्षेत्रिय बैठकमा सो प्रदेशका सभासद लखन दास, एमाले धनुषाका जिल्ला अध्यक्ष भोला यादव, सचिव दिपन ठाकुर, विदेह नगरपालिकाका मेयर बेचन दास लगायत कार्यकर्ताहरुको सहभागिता रहेको थियो । विद्यालयमा राजनीतिक दलले कार्यक्रम गर्न देशव्यापी रुपमा नै रोक लागेको बताउँदै सो क्षेत्रबाट प्रतिनिधि सभा सस्य रहेका रामकृष्ण यादवले बताए ।
‘विद्यालयमा राजनीतिक कार्यक्रम गर्नु ठिक होइन्’ उनले भने, पूर्व मन्त्रीको सहभागिता रहेको कार्यक्रम विद्यालयमा हुँदा अन्य दलहरुले पनि त्यस्तो गर्न सक्ने छ । नेकपा एमाले धनुषाका प्रमुख पदाधिकारी, प्रदेश सांसद, पालिकाका मेयर समेतको सहभागिता रहेको सो बैठकमा भने एमालेबाट प्रतिनिधि सभाको उम्मेदवार रहेका उमाशंकर अरगरिया समेत उनका पक्षधर हरुको सहभागिता थिएन ।
धनुषा जिल्लामा एमालेको एउटा गुटको नेतृत्व अरगरियाले गरिरहेका छन् । संस्थापन पक्षको नेतृत्व एमालेका सचिव समेत रहेका पूर्व उपप्रधानमन्त्री रघुबीर महासेठले गरिरहेका छन् ।
हालै सम्पन्न एमाले धनुषा जिल्लाको अधिवेशनबाट जिल्लाको सम्पूर्ण पदाधिकारी र सदस्यहरु महासेठ पक्षधर जितेका छन् । धनुषा एमाले जिल्ला कमिटी महासेठको एकलौटी पक्षमा गएको छ । धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट जुली महासेठ र ४ बाट रघुबीर महासेठ प्रतिनिधि सभाका सदस्य हुन् ।निर्वाचन क्षेत्र नम्बर १ मा संगठन गुट रहेपनि केन्द्रिय स्तरको नेताले नेतृत्व गरिरहेका छैनन् ।
नेता महासेठ दम्पत्तीको विरोधमा रहेका उमाशंकर अरगडियाको निर्वाचन क्षेत्र २ रहेको छ । गत चुनावमा उनी झिनो मतानन्तरले प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए । अरगरिया बिरुद्ध एमालेको कार्यकर्ताहरुलाई तयार गर्न महासेठ दम्पत्तीले क्षेत्र नम्बर २ मा सक्रियता बढाएका छन् । धनुषा जिल्लाको राजनीतिमा महासेठको विरुद्धमा एमालेमा राजनीति गर्नेहरुले पार्टी नै छाड्न विवश भएको इतिहास छ ।
उनलाई मन नपराउने नेताको एमालेमा पतन भएको अथवा पार्टी छाडेर नै अन्यत्र गएको देखिन्छ । िज ल् ल ा अधिवेशनमा महासेठलाई चुनावमा नै जानुपर्ने बाध्यता सृजना गरेका अरगरिया समूहको बेवास्ता गर्दै नेतृ महासेठले क्षेत्रिय बैठक गरेकी छन् । सो बैठकमा क्षेत्रमा अगुवा नेताहरुको सहभागिता रहेको बताइएको छ ।