२०८२ असार १९, बिहीबार ०७:४८

मिथिला नगरपालिका, वडा नं. ३, धनुषामा रहेको शिभिका स्टोरले एनसेलले हाल जारी ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत रु २५ हजार नगद पुरस्कार जित्न सफल भएको छ ।

यो योजना एनसेलको हाल सञ्चालन रहेको एक ठूलो ग्राहक योजना हो जसमा हरेक हप्ता १० जना ग्राहकले १/१ लाख पाउँछन् भने अन्तिममा १ जना भाग्यशाली विजेता ग्राहकले नगद १ करोड बम्पर पुरस्कार पाउँनेछ । यो योजनाको विषेशता भनेको खुद्रा विक्रेताले समेत नगद पुरस्कार पाउने व्यवस्था हो ।



विक्रेताले आफ्नो पसलबाट रु ९९ वा त्यो भन्दा माथिका सेवा वा प्याक विक्री गरेको ग्राहकले यो योजनामा १ लाख जितेमा विक्रेताले नगद २५ हजार र बम्परको १ करोड जितेमा १ लाख जित्ने छन् । यसका साथै योजनासँग सम्बन्धित कमिसन र अन्य फाइदा पनि पाउँछन् ।

शिभिका स्टोरले रु ५९९ को सधैं अन रिन्यूअल प्याक बेचेको ग्राहकले योजनाको पहिलो हप्तामा रु १ लाख जितेको थियो । “मैले सधैं अन रिन्यूअल प्याक लिईदिएको ग्राहकले रु १ लाख जितेकोले मैले पनि छुट्टै रु २५ हजार नगद पुरस्कार पाएँ । एकदमै खुसी छु,” शिभिका स्टोरका अमित चौधरीले भने । उनको विजयी ग्राहकले १२ वटा टिकटहरु पाएका थिए ।

यस योजनाको अर्को ठूलो विशेषता भनेको रिन्यूअल वा रोमिङ सेवा खरिद गर्दा ग्राहकले नगद पुरस्कार जित्ने दोब्बर मौका प्राप्त गर्ने हो । उदाहरणकालागि, सामान्य रूपमा ९९ रुपैयाँको सेवा वा प्याक खरिद गर्दा १ वटा टिकटप्राप्त हुन्छ, तर यदि त्यो सेवा रिन्यूअल वा रोमिङ हो भने ग्राहकले २ वटा टिकटहरु प्राप्त गर्दछन् ।

“मैले जित्छु भन्ने विश्वास नै लागेको थिएन । एकदम खुसी छु । मलाई ल्यापटप धेरै आवश्यक थियो अब किन्छु । मेरो पढाई र काममा ठूलो सहयोग हुन्छ,” कुम्मायक गाउँपालिका, वडा ४, पाँचचरकी सुजाता तामाङ्ले भनिन् । हाल उनी अध्ययन र कामको शीलशीलामा काठमाडौंमा छिन् । उनले रु ९९ को रिन्यूअल प्याक लिएको भएर २ वटा टिकट पाइकी थिईन् ।

एनसेलको यो योजना अन्तर्गत दोस्रो हप्तासम्ममा २० जना भाग्यशाली ग्राहकहरु छानेको छ । यसरी छानिएका साप्ताहिक विजेता ग्राहकहरुलाई कम्पनीले प्रक्रिया पुर्याई घोषणा गरे बमोजिम १÷१ लाख नगद पुरस्कार वितरण गर्दै आएको एनसेलले जनाएको छ । यो योजनामा नगद पुरस्कारका साथै सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरुप प्राप्त गर्दछन् ।

विजेता ग्राहकहरुलाई एनसेल आफैले पनि सम्पर्क गर्ने र घोषणाभईसकेपछि नगद पुरस्कार लिनका लागि ढिलामा ३५ दिनभित्र कम्पनीको सम्पर्कमा आईसक्नु पर्ने एनसेलले जनाएको छ । यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दामाथिको कुनै पनि एनसेल सेवा—जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइसप्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनु पर्दछ । ग्राहकहरूले एष्ट्रिक्स१२३ह्यास डायल गरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वाएनसेल सेन्टरमा गई, अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेलसेवाहरु लिन सक्छन् । त्यसैगरी एनसेल प्याक खरिद समर्थनगर्ने नेपालमा दर्ता भएका कुनै पनि डिजिटल वालेट वा बैंक प्लेटफर्ममार्फत एनसेल सेवा लिन सकिन्छ ।

Comment


Related News

Latest News

Trending News