२०८२ असार १९, बिहीबार ०८:१२

बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल उद्योगको भट्टीमा विस्फोट भएको छ । बुधबार राति करिब साढे ९ बजे भट्टीमा अकस्मात विस्फोट भएको हो ।

फलाम पकाउने भट्टीमा ठुलो आवाजसहित विस्फोट भएको स्थानीयले जनाएका छन् । विस्फोटको आवाजले आसपासको जमिनसमेत थर्किएको उनीहरूको भनाइ छ ।



इलाका प्रहरी कार्यालय सिमराका डीएसपी बेदप्रकाश जोशीले उद्योगको भट्टी पड्किएको पुष्टि गरे । भट्टी कसरी पड्कियो र यसबाट भौतिक तथा मानवीय क्षति के–कति भयो भन्नेबारे प्रस्ट हुन बाँकी रहेको उनले जनाए ।

Comment


Related News

Latest News

Trending News