२०८२ असार १९, बिहीबार १०:२०

महोत्तरीको मरहा खोलामा बालुवागिट्टी झिक्न खनिएको खाल्डोमा डुबेर एक ११ वर्षीया बालिकाको ज्यान गएको छ । मृत्यु हुने बालिका गौशाला नगरपालिका–१० जलिल टोलीका दिनेश मण्डलकी छोरी करिनाकुमारी मण्डल हुन् ।

प्रहरीका अनुसार बुधबार अपराह्न साढे ४ बजेको समयमा मरहा खोलाको किनारमा दुई बालिका नुहाउन पुगेका थिए । नुहाउने क्रममा करिनाकुमारी खनिएको खाल्डोमा डुबेकी थिइन् ।



उनीसँगै रहेकी अर्की बालिकाले घटनाबारे स्थानीयलाई खबर गरेपछि उद्धार गरी उपचारका लागि बर्दिबास लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।

घटनास्थलमा गिट्टी–बालुवा उत्खननको कारण ठूलो खाल्डो बनेको र सोही खाल्डोमा वर्षा हुँदा पानी जमेको थियो । स्थानीय क्रसर उद्योगीहरूले खोलाबाट अनियमित र अवैध रूपमा गिट्टी बालुवा झिक्ने कार्य गर्दै आएको बताइएको छ ।

Comment


Related News