२०८२ असार १९, बिहीबार १४:०१

नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफ्ना विरुद्ध बोल्ने पार्टीका नेताहरूसँग व्यक्तिगत हिसाबले लडाइँ लड्ने चेतावनी दिएकी छन्।

अध्यक्ष माधव नेपालविरुद्ध अभिव्यक्ति दिएपछि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, सचिव सोमप्रसाद पाण्डेलगायत नेताहरूले कारबाही गर्नुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए।

त्यसबारे पार्टी सचिवालय बैठकमा जवाफ दिन पुगेकी झाँक्रीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भनिन्, ‘पार्टीका धेरै ठुला नेताहरू, शक्तिशाली नेताहरू मिडिया, सोसल मिडियामामा गएर विविध कुरा बोलिराख्नुभएको छ, त्यो बोलेका विषयप्रति चाहिँ म व्यक्तिगत हिसाबले लडाइँ त लड्छु नै। राजनीतिक हिसाबले पनि प्रतिवाद गर्छु, तर मैले भनेको कुराको स्पष्टीकरण बैठकमै राख्छु।’

उनले पार्टीको निर्देशनपछि आफूले कुनै प्रतिक्रिया नदिएको भए पनि नेताहरूले आफ्ना विरुद्ध अनेकन् अभिव्यक्ति दिएको बताइन्।

Comment

Related News

Latest News

Trending News