
पर्सामा सामाजिक उत्थानको नाममा गैरसरकारी संस्थाहरुले कागजी प्रक्रिया पु¥याइ विकासका विभिन्न कामहरुको चांग गणना गराइए पनि भ्रष्टाचार भएको दाबी स्थानीयहरुले गर्दै आएका छन् । आर्थिक वर्षको अन्तिम समयमा स्थानीय निकायमा भएको केही सामाजिक संस्थाहरुको विकासको नाममा भ्रष्ट्राचारको भएको स्थानीयहरुले खुलासा गरेका छन् ।
पर्साका अमोद केवटले चलाएका संस्थाको नाममा करोडौँ रुपैयाँ भ्रष्टाचार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा परेको बताइन्छ । उनीमाथि प्रारम्भिक अनुसन्धान शुरु भएको र त्यसमा संलग्न स्थानीय निकायका कर्मचारीहरुको संलग्नताबारे अनुसन्धान भइरहेको एक कर्मचारीले दाबी गरे ।

उजुरीकर्ताहरुको बयान, आर्थिक कारोबार र कागजी दस्तावेज संकलनबारे अनुसन्धान भइरहेको जनाइएको छ । एक कर्मचारीले दिएको जानकारी अनुसार केवटले पोखरिया नगरपालिका र बहुदरमाई नगरपालिका कर्मचारीसँग मिलेर चालु आर्थिक वर्ष २०८१/८२ मा जनचेतना तथा सीपमूलक तालिमका नाममा ठूलो रकम निकासा गराएका छन् ।
पोखरिया नगरपालिकाबाट करिब २ करोड रुपैयाँ र बहुदरमाई नगरपालिकाबाट १ करोड ६० लाख रुपैयाँ तालिमका लागि निकासा गरिएको थियो । तर ती कार्यक्रमहरू भने सञ्चालन नै नगरी फर्जी कागजात, उपस्थितिको नामावली, खर्च बिल र कार्यक्रमका तस्बिरहरू बनाइ रकम हिनामिना गरिएको खुलासा भएको दाबी गरिएको छ ।
त्यस्तै बहुदरमाइ नगरपालिकामा वडा र नगरस्तरीय तालिम कार्यक्रमको नाममा १ करोड ६० लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ । ती कार्यक्रममध्ये ३५ लाख रुपैयाँ ८८ पहिला नै भुक्तानी भइसकेको छ । बाँकी रकमसमेत फर्जी प्रक्रियामार्फत निकाल्ने तयारी गरिएको स्थानीयहरुको आरोप छ ।
स्थानीय स्रोतका अनुसार, केवटले स्थानीय निकायका कर्मचारीहरुको मिलेमतोमो चलाएका भ्रष्ट्राचार अभियान मार्फत कमाएका अकुत सम्पति आर्जन गरको छ । यस प्रकरणले स्थानीय तहमा एनजीओ तथा तालिम कार्यक्रमको नाममा हुने सिण्डिकेट–आधारित अनियमितता, कर्मचारी र व्यवसायी बीचको मिलेमतो, र सरकारी रकमको खुला दुरुपयोग प्रति गम्भीर प्रश्न उठाइएको छ ।