२०८२ असार २०, शुक्रबार ०७:२१

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश सरकारबाट बाहिरिने बताएको छ ।

संघीय सरकारमा राज्यमन्त्री अरुण चौधरीले राजीनामा दिने र प्रतिपक्षमा बस्ने अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छन् । ‘संरक्षक ज्युको सल्लाहमा प्रदेश सभा र संघीय सरकारमा प्रतिपक्षमा बस्ने सहमति भएको छ’, उनले भनिन् ।

पार्टीको सल्लाह बिना मन्त्रीहरूलाई बर्खास्त गरेपछि सरकार बाट फिर्ता हुने तयारी गरिएको संरक्षक रेशम चौधरीले बताए ।

Comment


Related News

Latest News

Trending News