२०८२ असार २१, शनिबार ०७:००

सप्तरीदेखि पर्सासम्मका आठ जिल्ला । अर्थात् आजको मधेश प्रदेश । यिनै जिल्लाका शिक्षकहरुले मुलुकलाई साक्षर बनाएका थिए । यिनै जिल्लाका कृषि प्राविधिकहरुले पहाड र हिमाललाई उन्नत जातका बीउ र मल– खाद प्रयोग गर्न सिकाएका थिए ।

मुलुकको न्याय, अर्थ व्यवस्था तथा स्वास्थ्य क्षेत्रलाई आधुनिकीकरण गर्न यस भूगोलका आदरणीय श्रष्टाहरुको अहम् भूमिका छ । तर पूर्खाहरुको प्रवल प्रतापले प्रकाशमान, यो भूमि अचेल मानवीय सूचकांकको अधिकांशमानकमा पछि परेको छ । वेद भन्छ– ‘तमसोमा ज्योर्गिमय ।’ अर्थात् मलाई अध्यारोबाट उज्यालोतिर लग्देउ । तर मधेश प्रदेशकाकर्ताधर्ताहरु कत्यको कारण, मधेशको शिक्षा, स्वास्थ्य, कृषि, सुशासननिरन्तर अद्योगतितर्फ जाँदै छन् ।

मुलुक संघीयताको युगमाप्रवेश गरेको आठ वर्ष वित्ति सम्यो तर अझै पनि दोष सबै संघीय सरकारले लिनु पर्ने योजनाहरु भने प्रदेश सांसदहरुले आपसमा बाँट्नु हुने । संघीयताको शंखनाद गर्ने मधेशका आमनागरिक अझै पनि संघीयताको अनुभूति गर्न सकेका छैनन् । आमनागरिक चुप्प छन् । यस चुप्पीलाई आंघीको संकेत पनिमान्न सकिँदैन कारण सरकारको कार्यसम्पादनबारे चियाचर्चासम्म हुन छाडेको छ

स्वराजी जनमत पार्टीका सतीशकुमार सिंह मुख्यमन्त्री रहेको मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादव (नेपाली कांग्रेस) हालै आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउनु भयो । रातो किताब सार्वजनिक भएको दोश्रो दिनदेखि प्रदेश सभा स्थगित छ । नेतृत्वकर्ता जनमत पार्टीकै शीर्ष नेता सीके राउत ‘बजेटमाथि माफियाहरुको कब्जा’ रहेको आरोप लगाएका छन् ।

अचेल बजेटमाथि छलफल हुनु छाडेको छ, सरकार परिवर्तनको गृहकार्य तीव्र बनेको छ । आमनागरिकलाई बालमतलब । तानचदरिया पडल रहो । तर आज म अर्कै विषयमाथि कुरा गर्न चाहेको छु । त्यो हो–एस.ई.ई. अर्थात माध्यमिकशिक्षा परीक्षाको परीक्षाफल । असार दोश्रो साता एस.ई.ई.को परीक्षाफल प्रकाशित भएको छ । जसमामधेश प्रदेश अन्य साल जस्तै तलबाट पहिलो नम्बरमा परेको छ । मुलुकमा औषत ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

मधेशका भने २८ प्रतिशत मात्र उतीर्ण छन् । ७२ प्रतिशत विद्यार्थी असफल भएका छन् । एस.ई.ई. परीक्षाफललाई प्रदेशगत रुपमा विश्लेषण गर्ने हो भन्ने कोशीबाट ४७ हजार ८ सय ३५ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये ५१ प्रतिशत अर्थात् २४ हजार २ सय ४ विद्यार्थी उतीर्ण भए । बागमतीबाट सहभागी १ लाख १९ हजार ५ सय १७ मध्ये ८२ प्रतिशत अर्थात् ९८ हजार ५ सय ७१ विद्यार्थी उतीर्ण भए ।

कर्णाली जस्ता दुर्गम प्रदेशबाट परीक्षामा सहभागी ४६ हजार ४ सय ५५ विद्यार्थी मध्ये ७० प्रतिशत अर्थात् ३२ हजार ६ सय ९० जना उतीर्ण भए तर मधेशबाट परीक्षामा सहभागी भएका कुल ५९ हजार ४ सय ४९ विद्यार्थी मध्ये २८ प्रतिशतअर्थात् १६ हजार ९ सय ७० जना मात्र उतीर्ण हुन सके । कर्णाली जस्तो दुर्गम प्रदेशमा स्वास्थ्य विज्ञान विषयमा स्नातकोत्तरको अध्ययन हुन सक्ने, त्यहाँका ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने अनि मधेश जस्तो सुगम प्रदेशका ७२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने कारण के होला ? चारमा तीनजना विद्यार्थी न्युनतम् सिकाई सिक्न सकेका छैनन् भने यो गम्भीर समस्या हो

यस समस्याबारे हामीले बोल्नु पर्दछ । समस्या समाधान गर्ने सरोकारवालानिकायहरुसंग सवाल गर्नु पर्दछ । चारमा तीन विद्यार्थी असफल हुँदा यसको जिम्मेवारी कुनै न कुनै निकायले लिनै पर्दछ । यस विषयमा न त कुनै शिक्षा प्रेमीले बोलेका छन् । न कुनै राजनीतिक दलवादलका नेताले । न त सरकारले बोलेको छन्, तप्रतिपक्षले प्रश्न गरेका छन् ।

मधेश प्रदेशस्थित शिक्षा तथा संस्कृति मन्त्रालयले हालै राष्ट्रिय शिक्षा सम्मेलन– २०८२ आयोजन गरेको थियो । शिक्षा सुधारका लागि हुने जुनसुकै कार्यक्रमको व्यक्तिगत रुपले म स्वागत गर्दछु । यस्ता आयोजनहरु हुनै पर्दछ । ५० लाख बजेट रहेको उक्त सम्मेलनमा मधेश प्रदेशका प्राथमिक, माध्यमिक तथा उच्च शिक्षाका सिकाई, परीक्षा, परीक्षाफल, यस प्रदेशका युवाहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पाउने अवसर आदि विषयमा छलफल भएकै होला भने मेरो विश्वास छ ।

तर प्रदेश सरकारको आयोजनमा हुने जुनसुकै कार्यक्रमबारे बुझ्ने अधिकार भने सबैलाई छ । सरकारसंग गरिएको सबालको जवाफ सरकारका आधिकारिक प्रतिनिधिले दिने हो, व्यक्तिविशेषले होइन । हाम्रो यही क्रियाकलापले सरकार सेतो हात्ती बन्न पुगेको छ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि शिक्षा, स्वास्थ्य, वन जंगल आदिको संरक्षण, संवद्र्धन तथा व्यवस्थापनको नाममा करोडौँको बजेट तालिम, गोष्ठी, वृत्तचित्र निर्माण आदि शिर्षकमा विनियोजन गरेको छ ।

तर रोगको कारण पत्ता नलगाई बिरामीलाई निको पार्न सकिन्न । अतः मधेश प्रदेशको खस्किदो एस.ई.ई. रिजल्टलाई लक्षित गरी पहिला स्थलगत सर्वेक्षण गरौं । विद्यार्थीहरुलाई सिकाई पुगेन कि शिक्षकको अभाव छ । कक्षा कोठा पुगेन कि बालमैत्री, छात्रा मैत्रीविद्यालय नभएर विद्यार्थीहरु विद्यालय जाँदैनन् ? यस प्रकार पहिले रोग पत्ता लगाऔँ अनि उपचार गरौं ।

एसी कोठामा गरिने सभा सेमिनारले मधेशको शिक्षाको स्तर उकास्कन सकेको भए संघीयता यता करोडौँ रकमयी र यस्ता कार्यक्रमहरुमा खर्च भइ सकेको छ र मधेशको एस.ई.ई.को परीक्षाफलमा सुधार भएको छैन ।

Comment


Related News

Latest News

Trending News