२०८२ असार २१, शनिबार १३:०५
नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन्।
शनिबार जनकपुरधाममा पत्रकारसम्मेलमार्फत उनले यस्तो आरोप लगाएका हुन्। निधीले नेपाली कांग्रेस सहमति र सामुहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने सहमति र सामुहिक अभियानमा जोडिन नखोजेको बताए।
धनुषा क्षेत्र नं.३ र ४ बाट निर्वाचित एमालेका प्रतिनिधिहरुले नगराईन नगरपालिकाको बजेट ल्याउन समस्या सिर्जना गरिरहेको उनको आरोप छ। मेयरको अधिकार कटौति गर्नेगरी कार्यविधि बनाउन दिने भन्दै कतिपय नगरपालिकाहरूमा अवरोध गरेको आरोप लगाए।
राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा पनि एमालेकै नेताहरुका कारणले अवरोध भइरहेको नेता निधिले जानकारी दिए ।


