
जनकपुरधाम आलु प्याज व्यवसायिक संघको साधारण सभाबाट नयाँ नेतृत्व चयन गरिएको छ ।
संघको अध्यक्षमा सुरज साह निर्वाचित भएका छन् भने उपाध्यक्षमा अजय साह विजयी भएका छन् । अध्यक्षमा सुरजले ध्र्रुव साहलाई पराजित गरे भने अजयले धर्मेन्द्र साहलाई पराजित गरेर विजयी भएका छन् ।
बाँकी पदहरूमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् । संघको सचिवमा मनोज साह, सह–सचिवमा संजय साह र कोषाध्यक्षमा सिकेन्द्र साह निर्विरोध निर्वाचित भएका छन् ।
कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज साह, महासचिव फुुलदेव पण्डित, कोषाध्यक्ष प्रमेश्वर साह, पूर्व अध्यक्ष जितेन्द्र महासेठ लगायत संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।