२०८२ असार २२, आईतवार १९:२७

सर्लाहीका एसपी भद्दा गाली गरेर सम्पर्कविहीन भएका जसपा मधेशका अध्यक्ष अशोक यादवले भिडिओमार्फत् सयौं मुद्दा झेल्न तयार रहेको चुनौती दिएका छन् ।

अध्यक्ष यादवले सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्र खड्कालाई ३ दिन अगाडि गालीगलौज गरेको अडिओ भाइरल भएको थियो । उनीविरुद्ध पक्राउ पुर्जी जारी गरी प्रहरीले खोजी गरिरहेको छ । प्रहरीले यादवमाथि यसअघिका विभिन्न ७ वटा मुद्दा रहेको फेहरिस्त समेत सार्वजनिक गरेको छ ।

प्रहरीले मध्यरातमा घरमा पसेर छोरालाई कुटेको र उपचार गराउन अस्पताल आएको उनले भिडिओमा बताएका छन् । प्रहरीको कुटाइले छोराको गर्धनको नसा फाटेको उनको भनाइ छ ।

उनले भिडिओमा भनेका छन्, ‘मैले कुनै अपराध गरेको होइन । निमुखा जनता एवं शोषित पीडित, विपन्न वर्गको पक्षमा आवाज उठाएको छु, जिल्लामा भइरहेका बेतिथि भ्रष्टाचार लुटतन्त्रको विरुद्धमा आवाज उठाइँदैमा राज्यले अपराधी ठानेर मुद्दा चलाउने हो भने सय ओटा मुद्दा झेल्न र खेप्न तयार छु । तर, म सधैँ निमुखा जनताको आवाज उठाइ रहने छु ।’

आफूलाई मिडियाले फरार भन्दै समाचार लेखेको भन्दै उनले उनले आपत्ति जनाएका छन् । आफू कहिल्यै नडराएको इतिहास साक्षी रहेको भन्दै उनले मधेश र मधेशीका लागि ज्यानको प्रवाह नगरेको जिकिर समेत गरेका छन् ।

Comment


Related News

Latest News

Trending News