
नेपाली कांग्रेसका केही केन्द्रीय सदस्य, जिल्ला सभापति र प्रदेश सभापतिविरुद्ध अनुशासनको उल्लंघनको उजुरी परेको जनाएको छ ।
जारी केन्द्रीय कार्यसमिति बैठकमा अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले १९ जनाविरुद्ध अनुशासन उल्लंघनको उजुरी परेको जानकारी गराएका छन् । अधिकांशको उजुरी आम निर्वाचनमा, स्थानीय तहको, प्रदेशको र पार्टीको निर्वाचनमा अन्तर्घात गरेको उल्लेख रहेको उनले बताए । उनले भने, ‘११ जना केन्द्रीय सदस्य, १ जना प्रदेशसभापति र ७ जना जिल्ला सभापतिविरुद्ध अनुशासनसम्बन्धी कारबाहीको उजुरी प्राप्त भएको छ, उजुरीमाथि छानबिनको काम जारी रहेको पनि बताए।

बैठकमा कसकसलाई उजुरी परेको हो भन्नेबारे उनले विवरण खुलाएनन् । कांग्रेस बैठकमा अधिकांश नेताहरूले अनुशासन समितिको भूमिकाप्रति प्रश्न उठाएका थिए । शेखर कोइरालादेखि अर्जुननरसिंह केसीसम्मले अनुशासन समिति पारदर्शी नभएको र मनलाग्दी गरेको आरोप लगाएका थिए । यसबारे ढुंगानाले आज आइतबार जवाफ दिएका छन् ।