
मधेश प्रदेश सभाको बैठक विपक्षी दलहरुको अवरोधको कारण अवरुद्ध भएको छ । आइतवार बसेको बैठक प्रारम्भ नहुँदै विपक्षी दलका सभासदहरुले अवरोध गरेपछि स्थगन भएको हो । असार १ गते सार्वजनिक भएको बजेटको रातो किताब सभासदहरुलाई गत १० गते उपलब्ध गराइएको थियो । तर ११ गते बोलाइएको बैठक सरकारको सहमतिमा सभामुख रामचन्द्र मण्डलले सूचना टाँसगरि अनिश्चितकालका लागि स्थगन गरेका थिए ।
प्रदेश सभाको बैठक स्थगन रहेको समयमा सभामुख मण्डलले गोष्ठि, प्रशिक्षणको नाममा झण्डै ३० लाख रुपैया सिध्याएको बताइएको छ । सत्ता र प्रतिपक्ष दुवै तर्फका सभासदहरुले चर्को बिरोध गरिरहेको बजेट पूनर्लेखन गर्नुपर्ने माग गरेका छन् । ११ दिनपछि आइतवार डाएिको बैठक विपक्षको अबरोधको कारण सोमवार सम्मका लागि स्थगन गरिएको छ । बैठकको प्रारम्भमा नै बजेट पुनर्लेखनको माग गर्दै विपक्षी दलहरूले विरोध गरेपछि स्थगित गरिएको थियो ।

दिउँसो २ बजे डाकिएको बैठकमा विपक्षीहरुले अबरोध गरेपछि आधी घण्टाका लागि स्थगन गरिएको सो बैठक सूचना टाँस गरेर सोमवार १ बजे सम्मका लागि स्थगन गरिएको हो । सभासदहरुले ५ लाख सम्मको सबै योजनालाई हटाएर बजेट पूनर्लेखनगरि पेश गरेमात्र सदन चल्न दिने बताएका छन् ।
बजेट बनाउने क्रममा मन्त्रीहरुले भरपुर रुपमा बिचौलियाहरुको उपयोग गरेको सभासदहरुले आरोप लगाएका छन् । बजेटमाथिको पहिलो दिन छलफलको लागि बोलाइएको बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंह, भौतिक मन्त्री सरोज यादव र अर्थमन्त्री सुनिल यादव सहित अनुपस्थित रहेका थिए । बजेट बिचौलियाहरुले बनाएको आरोप सत्ताको नेतृत्व गरिरहेको जनमत पार्टीका अधयक्ष डा.सी.के.राउतले पहिलो दिन नै लगाएका थिए ।
हुन त मुख्यमन्त्री सिंहलेपनि कर्मचारीहरु बदमासी गरेको आरोप लगाएर पञ्छिने प्रयास गरेका थिए । विपक्षी दलहरुले पनि राउतकै आरोप दोह¥याँउदै बजेट पूनर्लेखनको अडान लिएका छन् । बैठकमा दलका नेताहरू समेत उपस्थित नभएपछि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठक सुरु नहुँदै विरोध हुन थालेपछि स्थगित गरिएको सभामुख मण्डलले जनाए ।
‘यही मुख्यमन्त्रीले बजेट ल्याउँदा ह्याक भएको बताएको र अहिले उनकै दलका नेता बिचौलिया हाबी भएको भन्छन् । प्रतिपक्षीले पहिले नै भनिसकेको छ । २० वर्ष पहिलेसम्मका भुक्तानीका लागि मुख्यमन्त्रीको पिताको नाममा बजेट राखिएको छ । जबसम्म समान बजेट हुँदैन । बिचौलिया हाबी रहन्छ । तबसम्म कुनै पनि हालतमा बजेट पारित हुन दिन्नौं,’ जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले बैठक अवरुद्ध गर्दै चेतावनी दिए ।
सो बैठकमा जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले संयुक्त रूपमा उठेर विरोध जनाएका थिए । आर्थिक विधेयकसँगै बजेटमाथि छलफल गर्ने बैठकको कार्यसूची रहेको थियो । बागमती प्रदेशमा बिचौलियाको सहयोगमा बनाइएको बजेटलाई अस्वीकारगर्दै सत्ता र विपक्षी दलका सभासदहरुले बैठक अवरुद्ध गरेपछि सरकारले संशोधनगरि बजेट पेश गरेको छ । सोमबार त्यहाँ बजेट पास हुने कार्यक्रम रहेको छ ।