२०८२ असार २३, सोमबार १२:५१

आज ३७ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दार्चुला, बैतडी, अछाम, सिन्धुपाञ्चोक, दोलखा, काठमाण्डौ, ललितपुर, भक्तपुरमा आज बाढीको मध्यम जोखिम रहेको छ ।

यस्तै कञ्चनपुर, कैलाली, डडेल्धुरा, बझाङ, बाजुरा, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, सल्यान,रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, सोलुखुम्बु, सङ्खुवासभा, रामेछाप, खोटाङमा आकस्मिक बाढीको मध्यम जोखिमका सम्भावना मध्यम रहेको महाशाखाले जनाएको छ ।

बाढीको जोखिम रहेका जिल्ला आसपास भई बहने स–साना खोला तथा नदीहरुको बहाब बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Comment

Related News

Latest News

Trending News