२०८२ असार २३, सोमबार १८:२९

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल शाह पूर्वे पक्राउ परेका छन् ।

उनलाई किर्ते तथा जलसाजी मुद्दामा अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुण बहादुर सिंहले जानकारी दिए । शाहलाई जनकपुरधामबाटै नियन्त्रणमा लिएको डिएसपी सिंहले बताए ।

अध्यक्ष शाहले बृहत्तरका कार्यकारी निर्देशक बैजनाथ पासमानको किर्ते हस्ताक्षर गरेको आरोप छ ।

अध्यक्ष शाहले कार्यकारी निर्देशक पासमानको हस्ताक्षर गरी बृहत्तरका केही कर्मचारीलाई हटाइएको पत्र उच्च अदालतमा पेश गरेका थिए ।

तर सो हस्ताक्षर आफ्नो नभएको उल्लेख गर्दै पासमानले अदालत र प्रहरीमा निवेदन दिएका थिए ।

Comment


Related News

Latest News

Trending News