
नेपाल रेल्वेमा ठोक्किएर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका–२ स्थित सिनुरजोराका विकरु साहको ४५ वर्षीय छोरा बिनोद साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सोमबार दिउँसो धनुषाको औरही गाउँपालिका–२ स्थित देउरी परवाहास्थित रहेको रेलको लिकमा ठक्कर लागेर उनको मृत्यु भएको धनुषा प्रहरीका प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिए ।

जनकपुरधामबाट जयनगरतर्फ गइरहेको रेलको ठक्करबाट मृत्यु भएका साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।