२०८२ असार २४, मंगलवार १७:३५

साढे १ अर्ब क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललितपुर महानगरपालिका-२ सानेपा कालोपुलबाट दुई जनालाई पक्राउ गरेको एसपी युवराज खड्काले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा भारतको विहार मोतिहारीका रूपेशकुमार गुप्ता र विपिन कुमार छन्। उनीहरूले अवैध हुण्डी कारोबार गरेको तथा क्रिप्टोको कारोबार गरेको भन्ने सूचना सिआइबीले पाएको थियो।

रूपेशले संचालन गरेको राजतीर्थ ट्रेडर्स नामको किराना पसलको नाममा क्रिप्टोको कारोबार गरेको पाइएको हो।

‘क्रिप्टोमार्फत यति रकम कारोबार गरेको देखिएको हो। अहिले हामीले ल्याएका छौं। अरू विस्तृत अनुसन्धानबाट खुल्छ,’ एसपी खड्‍काले भने, ‘उनको नेटवर्क पनि खुल्दै जान्छ।’

प्रहरीले उनीहरूबाट पाँच वटा मोबाइल, आठ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार सिसिटिभी डिभिआर, एउटा कस्तुरीको वीणा पनि बरामद गरेको छ।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Comment

Related News

Latest News

Trending News