
मधेश प्रदेश सरकारलाई समर्थन दिएको नागरिक उन्मुक्ति पार्टी(नाउपा)ले औपचारिक रुपमा फिर्ता लिएको छ ।
सुदुरपश्चिम सरकारबाट समर्थन फिर्ता लिएको नाउपाले संघीय सरकारबाट समेत समर्थन फिर्ता लिइसकेको छ । मधेश प्रदेशमा नाउपाको एकजना सांसद छन् ।
नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सतीश कुमार सिंहले विश्वासको मत लिनुपर्ने अवस्था आउने विपक्षी दलहरुले बताएका छन् ।
नाउपाकी सांसद उर्मिला देवी सिंहले समर्थन फिर्ता लिएकी घोषणा गरेकी छन् । उनी सो पार्टीकी एकमात्र समानुपातिक सांसद हुन् ।