२०८२ असार २५, बुधबार १०:२०

अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मुलुकका विभिन्न १० राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार सङ्खुवासभास्थित कोशी राजमार्गको भोटखोला गाउँपालिका–४ वरुणमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यस्तै, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध छ । नारायणगढ–बुटवल सडक आयोजना कार्यालयका अनुसार दाउन्नेको खुर्साने खोला नजिकै मङ्गलबार राति पहिरो झरेपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ । सडक अवरुद्ध भएपछि बर्दघाटबाट पूर्वतर्फ जाने र दुम्कीबासबाट पश्चिमतर्फ आउने सवारी साधन सडकमा रोकिएका छन् ।

यसैगरी, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् ।

यस्तै, बाढीपहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित शहीद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन् ।

Comment


Related News