२०८२ असार २५, बुधबार १३:२९

भारत सरकारले प्रतिष्ठित अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससहित टीआरटी र ग्लोबल टाइम्सजस्ता अन्तर्राष्ट्रिय संचार माध्यमहरूको एक्स अकाउन्टमा प्रतिबन्ध लगाएको विषयमा सामाजिक सञ्जाल प्लेटफर्मले आफ्नो जवाफ दिएको छ ।

एक्सले आफ्नो ग्लोबल गभर्नमेन्ट अफेयर्स ह्यान्डलमा एक पोष्ट गर्दै ३ जुलाई २०२५ मा भारत सरकारले देशको सूचना प्रविधि ऐनको दफा ६९ ए अन्तर्गत भारतमा दुई हजार ३५५ अकाउन्टहरू ब्लक गर्न निर्देशन दिएको खुलासा गरेको छ ।

यो पोस्टमा एक्सले भनेको छ, “यी अकाउन्टहरूमा रोयटर्स र रोयटर्स वर्ल्डका अकाउन्टहरू पनि संलग्न थिए । यो आदेश पालना नगरेमा एक्सलाई आपराधिक दायित्वको जोखिम रहन्छ । इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले कुनै कारण नखुलाई एक घण्टाभित्र तत्काल कारबाही गर्न माग गरेको थियो । अर्को सूचना नआउन्जेल अकाउन्टहरू ब्लक राख्न भनेको थियो ।”

सार्वजनिक आक्रोशपछि भारत सरकारले रोयटर्स र रोयटर्स वर्ल्डका अकाउन्टहरू अनब्लक गर्न निर्देशन दिएका थियो ।

“हामी यी ब्लक आदेशहरूका कारण भारतमा भइरहेको प्रेस सेन्सरसिपको बारेमा निकै चिन्तित छौँ । एक्सले सबै उपलब्ध कानुनी विकल्पहरूको विचार गरिरहेको छ,” एक्सले भनेको छ, “भारतीय कानुनले एक्सलाई यी कार्यकारी आदेशहरूविरुद्ध कानुनी चुनौती दिन प्रतिबन्ध लगाएको छ । हामी प्रभावित प्रयोगकर्ताहरूलाई अदालतमार्फत कानुनी उपाय खोज्न अपिल गर्छौं ।”

यसैबीच, गत हप्ता यी अकाउन्टहरू ब्लक गरिएको समाचार बाहिरिएपछि भारत सरकारका एक प्रवक्ताले रोयटर्सको अकाउन्ट ब्लक गर्न भारत सरकारले कुनै कानुनी माग नगरेको बताएका खबरहरू आएका थिए । बीबीसी

Comment


Related News

Latest News

Trending News