२०८२ असार २५, बुधबार १३:३२

गुजरातको बडोदरास्थित महिसागर नदीको पुल भाँचिँदा मृत्यु भएकाको संख्या ९ पुगेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बडोदरा र आनन्द जोड्ने गम्भीरा पुल सवारीसाधनहरू गुडिरहेका बेला बुधबार बिहान अचानक भत्किएर खसेको हो।

त्यस क्रममा पुलसँगै दुई ट्रक, दुई कार र एउटा रिक्सा नदीमा खसेका हुन्।

दुर्घटनामा अहिलेसम्म ९ जनाको मृत्यु पुष्टि भएको छ भने ८ जनालाई स्थानीयले उद्धार गरेका छन्।

यो ४५ वर्ष पुरानो पुलले मध्य गुजरातलाई सौराष्ट्रसँग जोडेको थियो।

पुल भत्किएपछि दक्षिण गुजरातका भरुच, सुरत, नवसारी, तापी र वलसाडजस्ता सहरबाट सौराष्ट्र पुग्न बढी समय लाग्ने भएको छ।

अब यसका लागि अहमदाबाद हुँदै लामो बाटो जानुपर्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

Comment


Related News