२०८२ असार २५, बुधबार १४:३१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन्।

भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन्।

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए।

त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद सोविता गौतमलाई बोल्न दिएका थिए। उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकाले यसअघि जस्तै आजको पनि बैठक पनि बहिस्कार गर्ने बताइन्।

त्यसपछि राप्रपाकी सांसद अनिषा नेपालीलाई बोल्ने समय दिए। उनले पनि सँधैजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले आजको बैठक बहिस्कार गर्ने बताइन्।

दुवै दलका सांसदहरूले सदनलाई जानकारी गराएपछि दुवै दलका सांसद बैठक कक्षबाट बाहिरिएका छन्।

Comment


Related News

Latest News

Trending News