
जनकपुरधामस्थित एतिहासिक बाबा कपिलेश्वरनाथ महादेव मन्दिरमा हुने श्रावण पुजनोत्सव मेलाको कार्यक्रम तालिका सार्वजनिक गरिएको छ ।
बुधबार कपिलेश्वरनाथ युवा कमिटीले पत्रकार सम्मेलनमार्फत यस श्रावण महिनामा हुने पुजनोत्सव मेलाको कार्यक्रम तालिका बारे जानकारी गराएको छ ।
तालिका अनुसार असार २८ गत्ते शनिबारको दिन विहान ७ बजे भव्य कलश यात्रा निकालिने कार्यक्रम रहेको छ । त्यस्तै, श्रावण मेला असार ३० गत्ते सोमबारदेखि नै सुरु हुने जनाइएको छ । कमिटिका अध्यक्ष मनोज कुमार साहका अनुसार मेला सुरु भएपछि प्रत्येक दिन बिहान ५ बजे भव्य श्रृंगार हुनेछ भने प्रत्येक दिन बिहान ५ः३० बजे महादेव आरती गरिनेछ । त्यस्तै, भव्य श्रृंगार प्रत्येक दिन संध्या ६ः३० बजे पनि हुनेछ भने संध्या आरती प्रत्येक दिन बेलुका ७ बजे हुनेछ । साथै महाप्रसाद प्रत्येक सोमबार राती ८ः१५ बजे हुने कमिटिका अध्यक्ष साहले जानकारी दिए ।
यस वर्ष मेलालाई अझः वेवस्थित गर्न सुरक्षाकर्मी र स्वयमसेवक तथा कमिटिका सदस्यहरु परिचालन गरिने जनाइएको छ ।