२०८२ असार २५, बुधबार १९:५२

जापानमा निर्मित काङ्गेन पानी आयोनाइजर मेसिन जनकपुरधाममा भित्रिएको छ ।

जनकपुरधाम वडा नम्बर ८ स्थित पगलाबाबा धर्मशाला नजिक शुद्ध पानी उपलब्ध गराउने उद्देश्यले कांगेन पानीको मेसिन उपलब्ध गराउने डीलर संचालनमा ल्याइएको हो । यो मेसिनले साधारण नलको पानीलाई अल्कलाइन र एन्टिअक्सिडेन्ट युक्त आयोनाइज्ड पानीमा रूपान्तरण गर्ने क्षमता रहेको दाबी गरिएको छ ।



यस मेसिनको मुख्य उद्देश्य घर, कार्यालय र समुदायलाई स्वस्थ र शुद्ध पानी उपलब्ध गराउनु हो । मेसिन ऊर्जा–दक्ष, वातावरणमैत्री, कम्प्याक्ट र प्रयोगमै सजिलो डिजाइनमा तयार पारिएको छ । यसको प्रयोगले शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्दत गर्ने, पाचन सुधार गर्ने र पानीजन्य रोगहरूबाट जोगाउने दाबी गरिएको छ ।

मेसिनमा प्लाटिनम–लेपित टाइटेनियम प्लेटहरू प्रयोग हुन्छन्, जसले पानीलाई इलेक्ट्रोलाइसिस प्रक्रियाबाट आयोनाइज गर्छ । यस प्रक्रियाबाट पानीलाई लाभदायक हाइड्रोजन युक्त बनाइन्छ, जुन एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ ।

मेसिनमा प्रयोग हुने तीन–तहको उच्चस्तरीय फिल्टर प्रणालीले पानी सफा गर्न सक्छ । यसले लिड, क्लोरीन, जङ्ग लगायतका हानिकारक तत्वहरू हटाउँछ, तर आवश्यक खनिज तत्वहरू भने कायम राख्छ ।

जनकपुरधाम ८मा संजयकुमार साह र शोएब आलमले संयुक्त लगानीमा यो डीलर संचालनमा ल्याएका हुन् । १० लाख लागतमा डीलर संचालनमा ल्याइएको उनीहरुले बताए ।

जनकपुरधाममा ग्यास्ट्रिक, डायबिटिज लगायतका रोगका रोगीहरुका लागि यो पानी शुद्ध पार्ने कंगेन मेशिन रुचिको विषय बनेको छ ।

Comment


Related News

Latest News

Trending News