२०८२ असार २६, बिहीबार ०६:४९

नेपाली कांग्रेसले डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही गरेको छ । केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरेको आरोपबाट कारबाहीस्वरुप निष्कासन गरिएको छ ।

पार्टीका उम्मेदवारलाई पराजित गराउने गलत मनसायका साथ सामाजिक सञ्जाल, अडियो/भिडियोलगायत अनेकन हत्कण्डा प्रयोग गरिएका प्रमाणहरूका आधारमा पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निष्कासन/निलम्बन गर्ने निर्णय गरिएको अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिए ।

धनुषा जिल्ला सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका वडा नं. १ का रामबाबु यादव र मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव र कास्की जिल्ला क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. २ का महाधिवेशन प्रतिनिधि भिमबहादुर शाह, निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवरलाई निलम्बन गरिएको छ ।

त्यस्तै तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड् का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकमार राई, पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ताले पार्टीको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकोले उपलब्ध प्रमाणहरूको आधारमा निष्कासन गरिएको उनले बताए ।

धनुषाको सबैला नगरपालिकाका नगर सभापति खटरु इादव, धनुषाधाम नगरपालिका वडा नम्बर १ का रारमबाबु यादव र मुखियापट्टी मुसहरनिया गाउँपालिका समितिका सभापति फुलगेन यादवलगायतकालाई समेत निष्कासित गरिएको छ ।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) (घ) अनुसार १ (एक) वर्ष र धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादवलाई ६ (छ) महिनाको लागि नेपाली कांग्रेसको सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको छ ।’

धनगढी उपमहानगरपालिका वडा नं. १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका वडा नं. २ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका वडा नं. १ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका वडा नं. ५ का पूर्व महाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलाई पनि उपलब्ध प्रमाणहरूको आधारमा निलम्बन गरिएको उल्लेख छ ।

उनीहरूलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) (घ) अनुसार ६ (छ) महिना र नेपाली कास्कीका निवर्तमान सभापति कृष्ण के.सी.लाई ३ (तीन) महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको छ । यता कांग्रेसले डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ ।

संस्थापन इतर समूहको विमतिबीच बहुमतको आधार नेताहरूमाथि कारबाही गरेपछि डा. शेखर कोइराला समूहले असन्तुष्टि जनाएको छ । नेता ढुंगानाको संयोजक रहेको अनुशासन समितिका सदस्य सञ्जय गौतम र राजीव कोइरालाले विमति राखेका थिए । ढुंगानासहित ईश्वरी न्यौपाने र ध्रुव वाग्ले गरि ३ जनाले नेताहमाथि कारबाहीको निर्णय गरेका छन् । एक नेताले भने, ‘हामीले विमति राख्दाराख्दै उहाँहरूले बहुमतले निर्णय गर्नुभयो यो कारबाहीमा हाम्रो सहमति छैन ।’ अधिकांश आफूनिकट नेताहरूलाई पार्टीले कारबाही गरेपछि नेता कोइरालाले बैठक डाकेका छन् । आफू निकट नेताहरूको बैठक बिहीबार बिहान बस्नेगरी बोलाएको एक नेताले बताए ।

२०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरेको आरोपमा तीन वर्षपछि कारबाही गर्दै निष्कासनसम्म गरिएको छ । कारबाहीमा परेका अधिकांश नेता डा. शेखर कोइराला निकटका रहेको बताइन्छ । कांग्रेसले निर्वाचनताका नेता तथा कार्यकर्ताले पार्टी हित विपरीत थालिएको कारबाही स्वरुप ढिलो गरी गरिएको कारबाहीको विरोध पार्टीभित्र देखि नै हुन थालेपछि सो कारबाहीको पनि व्यापक विरोधसहित कित्ताकाट समेत हुन थालेको छ ।

Comment


Related News

Latest News

Trending News