
‘जिहादी आतंकवाद र मधेश–नेपालको सुरक्षा चुनौती’ विषयक विशेष बहस कार्यक्रम शुरु भएको छ ।
जनकपुरधाममा बुधबार राष्ट्रिय एकता अभियानद्वारा आयोजित सो कार्यक्रममा आतंकवादविरुद्ध जनचेतना फैलाउने र नेपालमा बढ्दो सुरक्षा जोखिममाथि गहन विमर्श गर्ने उद्देश्य राखिएको छ । सो कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले भारत–नेपाल खुला सिमानाको दुरुपयोग गर्दै पाकिस्तान समर्थित जिहादी आतंकी नेटवर्कहरूले मधेशलाई ट्रान्जिट एरिया बनाउने प्रयास गरिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे ।
सो कार्यक्रममा अभियानका केन्द्रीय उपाध्यक्ष तथा संविधान सभा सदस्य भूपेन्द्र चौधरीले नेपाल राज्य संयन्त्र र सुरक्षा अंगहरूलाई अझ सजग र सक्रिय रहनु पर्ने आवश्यकता औँल्याए । सो कार्यक्रममा अभियानका केन्द्रीय सदस्यहरू जितेन्द्र दास, मनीष पुर्वे, दीपू झा, पंकज झा लगायतको उल्लेखनीय उपस्थिति रहेका थिए ।
वक्ताहरूले मधेशलाई अस्थिर बनाउने बाह्य षड्यन्त्रहरूको भण्डाफोर गर्दै राष्ट्रिय एकता र सुरक्षा सुदृढीकरणका लागि जनस्तरमा बहसको आवश्यकता औँल्याए ।