
जनकपुरधाममा १ करोडको लगानिमा निपोभेट टाईल्सको सो रुम सञ्चालन भएको छ ।
जनकपुरधामस्थित माछा बजार चोकमा नेपोभेट ट्रेडिङ्गले बिहीबारबाट नेपालकै पहिलो स्वेदशी टायल्स नेपोभेट टायल्सको बिक्रि वितरण सुरु गरेको छ । उक्त सोरुमको उद्घाटन जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास वैशनवले गरेका हुन । सो क्रममा बोल्दै नेपाल सरमिकको चेयरम्यान सम्भुनाथ साहले यस नेपोभेट ट्रेडिङ्बाट हुने आम्दानी जनकपुरधामकै विकास र सामाजिक कार्यहरुको लागि खर्च गर्ने जानकारी दिए । उनले नेपोभेट टायल्सले नेपालकै माटो प्रयोग गरी उत्पादन गर्ने गरेको पनि जानकारी दिए । साहले नेपोभेट टायल्स आईएसओ प्रमाणित भएकोले यस्को गुणस्तरमा कुनै संका नरेको बताए । उनले ढुक्क भएर नेपोभेटको टायल्स प्रयोग गर्न सबैमा आग्रह गरे ।

ट्रेडिङका प्रबन्धक सुनिल कुमार साहले नेपोभेट टायल्सले अन्तराष्ट्रिय स्तरको क्वालिटी प्रदान गर्दै आएको जानकारी दिए । उद्घाटन कार्यक्रममा मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडि, साहित्यकार एवम विशलेषक रमेश रञ्जन झा, गायक तथा संगितकार सुनिल मल्लिक, जिवनाथ चौधरी, सञ्चारकर्मीलगायतको उपस्थिती रहेको थियो ।