प्रमोद कुमार साह :
सामाजिक सञ्जाल अन्तर्गतको युट्युबमार्फत ‘ कलकतियावाली’ नामले चर्चित भएको कमेडी सिरिज निर्माण गर्ने लभ यु मिथिला टिम अहिले गहिरो संकटमा परेको छ । टिमका एक कलाकारको असामयिक निधनपछि सिरिज निर्माण नै ठप्प भएको छ भने स्टुडियो स्थल सुनसान बनेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित रामपुर टोलको अकौरा जाने बाटोमानिर्माण गरिएको स्टुडियोमा बसेर निरन्तर छायांकन गर्दै आएको यो टिम एकजुट भएर रहँदै आएको थियो । धानदेखि तरकारीसम्म आफ्नै खेतबारीमा उत्पादन गरेर स्टुडियोलाई आत्मनिर्भर बनाएको टिम अहिले ‘के गरौं, के नगरौं’ भन्ने अन्योलमा छ ।
प्रत्येक भागमा समाजका विविध पाटो र व्यंग्य प्रस्तुत गर्दै लोकप्रियता कमाएको सिरिजले लाखौँ दर्शकको मन जित्दै आएको थियो । आम्दानीपनि राम्रो थियो । तर प्रमुखकलाकारको मृत्युले टिम नै टुटेको छ । करिब ६ वर्ष अघि १५ लाख रुपैयाँको प्रारम्भिक लगानीमा जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित रामपुर टोलमा १ विघा ४ कठ्ठा जग्गा लिजमा लिएर अभिनेता अरुण कुमार यादव (अरुण विजया) ले अभिनय यात्राको थालनी गरेका थिए ।
श्रीमति इशिका भुजेल र कलाकार ‘कलकतियावाली’ (अभिनाश झा) सँग मिलेर म्युजिक स्टुडियोसहितको सुटिङ स्थल निर्माण गरिएको थियो । त्यही स्थानबाट युट्युबमा पहिलो पटक सार्वजनिक गरिएको मैथिली गीत ‘हमरा जाइके बेरीया’ दर्शक माझ अत्यन्त लोकप्रिय बन्यो । यही गीतले टिमको अभिनय यात्रा शुरु ग¥यो, जसले पछि न त नामको कमिभयो, न त दामको ।
यस टिममा अभिनाश झा (कलकतियावाली/लडुवा), अठिवा, इशिका भुजेल, अनिशा–अंशा, मनिषा (मंशा) लगायत डेढ दर्जनभन्दा बढी कलाकार संलग्न थिए । उनीहरूको निरन्तर मेहनतले नेपालमै होइन, भारतको मिथिला क्षेत्रसम्म चर्चित बनाएका थिए । तर अहिले, प्रमुख कलाकारको मृत्युपछि यो टिम संकटमा परेको छ । सुनसान बनेको स्टुडियोले अहिले पनि उनका हाँसो, अभिनय र संघर्षका दिन सम्झाइरहेको टिमका संचालक अरुण विजया बताउँछन् ।
कलाकार अभिनाश झा (कलकतियावाली) जस्तै, अनिषा सदा (अंशा) पनि लभ यु मिथिला टिमको अत्यन्तै महत्वपूर्ण सदस्य रहेको अभिनेता अरुण कुमार यादव (अरुण विजया) बताउँछन् । अभिनयसँगै चित्रकला र सिर्जनात्मकतामा समेत अब्बल अंशा टिमकै सुन्दर र मेहनती कलाकारमध्ये एक थिइन् । उनको असामयिक निधनले सबैलाई स्तब्ध बनाएको छ ।
अरुणका अनुसार, अंशा सबैको प्रिय पात्र थिइन्, त्यसैले हत्या भन्ने कुराको आधार नै नरहेको उनको दाबी छ । लभ यु मिथिला टिमले करिब ६ वटा युट्युब च्यानलमार्फत गीत, सिरियल र कमेडी भिडियो निर्माण गर्दै आएको थियो । तीमध्ये अधिकांशकार्यक्रमहरू सुपरहिट बनेका थिए । सामाजिक कथावस्तुमा आधारित एक सिरियल ३२ भागसम्म निर्माण भइसकेको थियो, जसमा अंशा मुख्यपात्र थिइन् । अरुणका अनुसार, त्यस सिरियलको आगामी भागमा अंशाको मृत्यु हुन्छ र उनी भूतबनेर बदला लिन्छिन् भन्ने कथावस्तु थियो ।
अंशासँग हरेक भिडियोमा सँगै देखिने कलाकार अठिवालाई लिएर बजारमा विभिन्न अफवाह फैलिएका छन् । कलाकार अनिषा सदा (अंशा) को रहस्यमय मृत्युपछि लभ यु मिथिला टिमको सुटिङस्थल अहिले सुनसान मात्र होइन, डरको वातावरणमा परिणत भएको छ । उक्त स्थानमा बस्न अबअसहज र असम्भवजस्तै बनेको बताउँछिन्, अरुण कुमार यादव (अरुण विजया) की श्रीमती तथा टिमकी सदस्य इशिका भुजेल । उनका अनुसार, अंशा झुन्डिएको स्थानको एकतर्फ पलङ र अर्को तर्फ ठूलो बाकस राखिएको थियो ।
बीचमा केवलदुई फिटजति खाली ठाउँ थियो । तर अर्कोतर्फ, अरुण विजयाभने सुटिङस्थल परिवर्तन गर्नुको पीडामा छन् । अरुणका अनुसार, युट्युबमार्फत आएको आम्दानीबाट उनले आफूले कमलिने र टिमका कलाकारहरूलाई बढी पारिश्रमिकदिने नीति अपनाएका थिए । सोही कमाईबाट अन्य क्षेत्रमा पनि लगानी गरिरहेका थिए ।
तर अंशाको मृत्युले सबै योजना तहसनहस भएको उनी बताउँछन् । कलाकार अंशा (अनिशा सदा) को असामयिकनिधनले केवल लभ यु मिथिला टिमलाई मात्रहोइन, निर्माणाधीन मैथिलीफिल्मकलकतियावालीलाई पनिअन्योलमापारेको छ । टिमका निर्माता, निर्देशकतथाकथाकार अरुण कुमार यादव (अरुण विजया) काअनुसार, फिल्मको रिलिजमिति नै तय हुन सकेको छैन ।
फिल्मको छायांकनका लागि सुन्दर स्थानहरू, सामाजिककथावस्तु, र भोजपुरी चर्चित गायकहरूकागीतमार्फत फिल्मलाई आधुनिकबनाउने प्रयास गरिएको थियो । टिमले हालै अर्को स्थलको रूपमा पुरानै स्थानको छेउमा रहेको एक विघा जग्गालिजमालिइसकेको छ । सोही म्युजिक स्टुडियोसहित कलाकारहरूको बसोबास गर्न मिल्ने नयाँ संरचनानिर्माण गर्ने योजना रहेको अरुणले जानकारी दिए ।
यताअंशाको मृत्युपछि टिमको युट्युबगतिविधिपनि ठप्प छ । टिमका प्रमुखकलाकार अभिनास झा (कलकतियावाली) ले अंशा (अनिशा सदा) को मृत्युपछि टिमको संरचनाभत्किएको बताएका छन् । उनकाअनुसार, अहिले पनि प्रहरीको छानबिनका क्रममा आफ्नो मोबाइल जाँचका लागि प्रहरीकै नियन्त्रणमा छ ।
औपचारिक रूपमा प्रहरीले पोस्टमार्टम रिपोर्टको जानकारी सार्वजनिकनगरे पनिविभिन्न सञ्चारमाध्यमहरूमाअंशाको मृत्यु आत्महत्या भएको पुष्टि भइसकेको उल्लेख गरिएको छ । छ वर्षअघि सुरु गरिएको टिमको यात्राआज पूर्णरूपमा संकटमा परेको झाको भनाइ छ ।
टिमका सञ्चालक अरुण कुमार यादव (अरुण विजया) ले वातावरण अनुकूलबनेपछि टिम फेरि सशक्त रूपमा कमब्याक गर्ने बताएका छन् । उनका अनुसार, हालको कठिन परिस्थितिपछि केही समयको विश्रामलिइएपनिदर्शकको माग र जनचाहनालाई ध्यानमा राख्दै पुनः सिरिज निर्माणमा फर्किने योजनाबनाइएको छ ।

