२०८२ असार २७, शुक्रबार ०८:१९

पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले नौ यात्रुलाई बसबाट ओरालेर मारेका छन्।

बलुचिस्तानको राजधानी क्वेटाबाट पन्जाब जाँदै गरेका दुईवटा बसमा रहेका यात्रुहरूलाई गोली हानेर मारिएको हो।



बीबीसी उर्दुका अनुसार, झोबका सहायक आयुक्त नवीद आलमले नौ यात्रुको मृत्यु पुष्टि गरेका छन्। उनले मृतकहरूको शव पन्जाब पठाउने व्यवस्था गरिएको बताएका छन्।

सरकारी अधिकारीहरूका अनुसार अज्ञात बन्दुकधारीहरूले बिहीबार साँझ सडकअवरुद्ध गरेको क्षेत्रमा बसबाट यात्रुलाई निकालेर हत्या गरेका हुन्।

यसैबीच बलुचिस्तान सरकारका प्रवक्ता साहिद रिदले विज्ञप्तिमा भनेका छन्, “आतंककारीहरूले कलात, मस्तुङ र झोबमा आक्रमण गरेका छन्।”

उनले अगाडि भनेका छन्, “सुरक्षा बलले तीनै ठाउँमा तुरुन्तै कारबाही गरेको छ। हामी जनताको सुरक्षाको लागि पूर्ण रूपमा सतर्क छौँ।”

Comment


Related News