
नेकपा (एकीकृत समाजवादी) र वामदव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति भएको छ।
शुक्रबार अध्यक्ष नेपाल र गौतमले पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
एकीकृत समाजवादीका उपाध्यक्ष गंगालाल तुलाधरले आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा दुई नेताले सहमतिपत्रमा हस्ताक्षर गरेको बताए।
दुई पार्टी एकता भएको घोषणा साउन २ गते गर्ने सहमति भएको छ।
‘नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष क. माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष क. वामदेव गौतम सहितका नेताहरु विच छलफल हुदाँ राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकतावद्ध हुने सहमति गरियो,’ दुई नेताले हस्ताक्षर गरेको पत्रमा भनिएको छ।