२०८२ असार २८, शनिबार १६:०३

मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले बजेट माथि छानविनका लागि गठन भएको कार्यदलको संयोजकबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।

शनिबार बसेको मधेस प्रदेशसभा बैठकमा कार्यदलका बिषयमा लिएर प्रतिपक्षी दलका सांसदहरुले बैठक अवरुद्ध गरेपछि सभामुख मण्डलले कार्यदलको संयोजकबाट राजीनामा दिएको बताउनुभएको हो ।



सभामुख मण्डलको संयोजकत्वमा गठन भएको कार्यदलमा मन्त्रीको नाम राखेपछि प्रतिपक्षी दलका सांसदहरुले प्रदेश सभामा अवरोध गरेका थिए ।

अवरोधपछि सभामुख मण्डलले कार्यदलले विभिन्न काम गर्नुपर्ने तर आफुसंग समय नरहेकाले संयोजक पदमा रहन नसक्ने बताउनुभयो ।

प्रतिपक्षीको अवरोधका बाबजुत सभामुख मण्डलले सभा अघि बढाउन खोजेपछि प्रतिपक्षी दलका सांसदहरुले रोष्टम घेराउ गरेका थिए । त्यसपछि उहाले सभा स्थगित गर्नुभयो । बजेटमा भएको त्रुटि छानबिन गर्न तथा सदनको गतिरोध हटाउन केहिदिन अघि प्रदेशसभाले ६ सदस्य कार्यदल गठन गरेको थियो ।

Comment


Related News

Latest News

Trending News