
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना हक अधिकार प्राप्तिका लागि उत्पिडनमा परेका समूदायहरु एक हुनुपर्ने बताउनुभएको छ ।
दलित, पिछडावर्ग, थारु, मुश्लिम, आदिवासी र अल्पसंख्यक समुदायको केन्द्रीय परिसंघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा यादवले उत्पीडतमा परेका समूदायहरु एक भएर अघि बढ्न नसके भेदभावको अन्त्य हुन नसक्ने बताउनुभएको हो ।


फुटाउने र राज्य गर्ने नीति चलिरहने र आफुहरु एकआपसमा लडिरहने प्रवृतिले प्राप्त भएका उपलव्धी समेत टिकाउन नसकिने उहाले बताउनुभयो । अध्यक्ष यादवले पहिचानको मान्य सवै समूदायले पाउनुपर्ने धारणा राख्नुभयो । प्रदेशको संरचना पहिचानका आधार नभएकाले अहिले निर्माण गरेको सात वटा प्रदेश काम नलाग्ने उहाले बताउनुभयो । अध्यक्ष यादवले सवैभन्दा पछि परेकाहरुको छुट्टै निर्वाचन क्षेत्र बनाउनुपर्ने र सेवाको अवसर तथा बिकासका लगानीमा सवैभन्दा पछि परेका समूदायबाट सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले अहिलेको निर्वाचन प्रणालीले सवैको प्रतिनिधित्व हुन नसक्ने भएकाले त्यसका लागि पूर्ण समानुपातीक निर्वाचन प्रणालीको व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो ।